Connect with us
Kapilvast Forest

कांग्रेस पदाधिकारी बैठक बस्दै

२०७८, ६ आश्विन बुधबारमा प्रकाशित

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो ३ बजे आफ्नो निजी निवास बूढानीलकण्ठमा पार्टीको पदाधिकारी बैठक बोलाउनु भएको छ ।

सरकारमा सहभागी हुने मन्त्रीहरु नामका विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको देउवाको सचिवालयले जनाएको छ। प्रधानमन्त्री देउवाको प्रस्तावमा सत्तापक्ष गठबन्धनका नेताहरुले मंगलबार परराष्ट्रमन्त्री बनाउन डाक्टर नारायण खड्कालाई सहमति जनाउनु भएको छ । सहमति जुटेसँगै देउवाले खड्कालाई परराष्ट्रमन्त्री बनाउने तयारी गर्नु भएको छ । उहाँले आजै शपथ लिनुहुने छ ।

शपथ लिए लगत्तै खड्का राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जानुहुने छ । खड्का नेतृत्वमा चार सदस्यीय टोली आजै साँझ न्युयोर्कतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खड्का, परराष्ट्र सचिव भरतराज पौड्याल, संयुक्त राष्ट्रसंघीय मामिला हेर्ने सहसचिव र एकजना अधिकृत सहभागी हुने तय भएको छ। खड्काले नेपालका तर्फबाट महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

तर, वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरूसँगको सल्लाह नगरी मन्त्री नियुक्त गर्ने निर्णय गरेको भन्दै मान्य नहुने बताउनु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu