Connect with us
Kapilvast Forest

नेकपा एसको महासचिवमा बेदुराम भुसाल, झाँक्री पनि सचिव बन्दै

२०७८, ७ आश्विन बिहीबारमा प्रकाशित

 

काठमाडौँ — एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले बेदुराम भुसाललाई महासचिव, रामकुमारी झाँक्रीलाई सचिवसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ । नेकपा एसको बिहीबार बसेको स्थायी कमिटीको बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको संख्यासहित नेताहरूको नाममा समझदारी बनाएको हो ।

पहिलो केन्द्रीय कमिटीको जारी बैठकमा अब स्थायी कमिटीले तय गरेको प्रस्ताव पेस हुने प्रचार विभाग प्रमुख जगन्नानाथ खतिवडाले जानकारी दिनु भयो ।नेकपा एसको पदाधिकारीमा अध्यक्ष, वरिष्ठ नेतासहित उपाध्यक्ष र सचिव ७र ७ जना हुनेछन् । त्यस्तै उपमहासचिव ३ जना रहने समझदारी भएको छ । सात सचिवमध्ये एक झाँक्री पनि हुनेछिन् ।

महासचिवमा राजेन्द्र पाण्डे, विजय पौडेल, प्रकाश ज्वाला लगायतका नेताहरूले दाबी गर्नु भएको थियो । त्यसमध्ये पाण्डे र भुसालबीच पछिल्लो समयमा बढ्ता रस्साकस्सी चलेको थियो । पाण्डे वाग्मती प्रदेशको मुख्यमन्त्री पार्टीको संगठन सञ्चालनमा कम्युनिस्ट पार्टीमा महासचिवको भूमिका महत्त्वपूर्ण मानिन्छ ।

भुसाल एमालेभित्र सधै माधव नेपाल निकट भएर काम गर्नु भएको छ । पार्टी भित्रको अन्तरसंघर्षमा नेपाललाई साथ दिँदै आएका भुसाल पछिल्लो विवादमा झन् बढी नेपाल निकट बन्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu