Connect with us
Kapilvast Forest

कैलालीमा दशैं सुरक्षाकडा १७३ ठाउँमा विशेष टोली, कुकुर र ड्रोनबाट निगरानी

२०७८, ८ आश्विन शुक्रबारमा प्रकाशित

sima-prahari-kailali.jpg
तस्विर प्रतिनिधिमुलक

धनगढी- कैलाली प्रहरीले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागु गरेको छ । यी चाडपर्वका बेला हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई ध्यानमा राखेर विशेष सुरक्षा योजना बनाउँदै जिल्लाभर लागु गरिएको कैलाली प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारीले दशैं, तिहार र छठ पर्वका बेला हुनसक्ने चोरी, डकैती, ठगी लगायतका अपराधिक गतिविधिलाई ध्यान दिंदै सुरक्षा योजना लागु गरिएको जानकारी दिनु भयो ।

कैलाली जिल्लालाई दुई भागमा विभाजन गर्दै एकीकृत सुरक्षा योजना बनाइएको र एक सय ७३ स्थानमा विशेष टोली परिचालन गरिएको उहाँले बताउनु भयो । ‘हामीले प्रदेशको अस्थायी राजधानी समेत भएकाले धनगढी उपमहानगरपालिका एउटा र अन्य क्षेत्रलाई अर्को गरेर दुई भागमा बाँड्दै सुरक्षा योजना बनाएका छौं,’ उहाँले भन्नु भयो , ‘धनगढी उपमहानगरपालिकाका ५६ स्थानमा विशेष टोली परिचालन गरेका छौं । बाँकी ११७ भागमा पनि त्यहीअनुसार प्रबन्ध मिलाएका छौं ।’

प्रहरीले त्रिनगर भन्सार नाकादेखि टीकापुरसम्म विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्ने, राजमार्ग क्षेत्रमा रिफ्रेस सेन्टर स्थापना गर्ने, राजमार्ग क्षेत्रमा सरप्राइज चेकिङ गर्ने, स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमन गर्ने विषयलाई समेत सुरक्षा योजनामा समेटेको छ ।

चाडपर्वका बेला सीमा नाका र बैंक तथा वित्तीय संस्थाहरु हुने स्थानलाई लक्षित गर्दै कडाइको नीति लिएको प्रहरीले जनाएको छ । सीमा नाकामा यात्रु ठगिने तथा लागुऔषध, विस्फोटक पदार्थ जस्ता वस्तु ओसारपसार हुनसक्ने भएकाले कुकुर समेत परिचालन गर्ने योजना बनाइएको एसपी अधिकारीले बताउनु भयो । ‘ ।’

ड्रोन मार्फत समेत जिल्लाभर निगरानी बढाउँदै शान्ति सुरक्षा कायम गरेर शान्ति पूर्वक तरिकाले चाडपर्व मनाउने वातावरण सिर्जना गरिने प्रहरी बताउँछ ।चाडपर्वका बेला कैलाली जिल्लाभर झण्डै साढे ७ सय प्रहरी परिचालन गरिने बताउँनु भयो

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu