Connect with us
Kapilvast Forest

सार्वजनिक सवारी साधनको भाडा बढ्यो

२०७८, ९ आश्विन शनिबारमा प्रकाशित

 

काठमाडौं- सरकारले सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मनत्रालय मातहतको यातायात व्यवस्था विभागले शुक्रबारदेखि देशभर नयाँ भाडादर कार्यान्वयमा आएको जनाएको छ।

विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गरिएको विभागले उल्लेख गरेको छ। हाल पेट्रोल र डिजलको मूल्यसमेत वृद्धि भएको छ।

भाडा निर्र्धारण गर्दा अन्य सूचकलाई यथावत राखी ‘क्याल्कुलेसन चार्ट’ मा इन्धनको सूचकलाई मात्र हालको मूल्यको आधार लिई प्रचलित भाडादरमा वृद्धि गरिएको विभागले उल्लेख गरेको छ। भाडादर समायोजन गर्ने निर्णयअनुसार भाडादर समायोजन गरिएको विभागले स्पष्ट पारेको छ।

त्यसमा छोटो, मध्यम र लामो दूरीको छट्टाछुट्टै भाडादर कायम गरिएको छ। नयाँ भाडादर अनुसार काठमाडौंबाट इलाम जाने यात्रुले एक हजार ६९१ रुपैयाँ भाडा तिर्नुपर्नेछ। काठमाडौँ काँकडभिट्टा जानका लागि एक हजार ४७० रुपैयाँ भाडा लाग्ने भएको छ।

विभागले देशभरका कुल २८६ रुटको भाडादर समायोजन गरेको छ। विभागले यात्रुबहाक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारी साधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारमिा २६ प्रतिशत भाडा वृद्धि गरेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu