Connect with us
Kapilvast Forest

शिवराजमा निर्विरोध नगर समिती बनाउन कार्यदल गठन

२०७८, ९ आश्विन शनिबारमा प्रकाशित

नवराज पौडेल , कपिलवस्तु-नेपाली काग्रेसको चौधौ महाधिवेशन चलिरहदा कपिलवस्तुको शिवराज नगरसमिति निर्विरोध बनाउने तयारी थालिएको छ । जिल्लाको अन्य ठाउँमा चुनाव भइरहदा शिवराजमा भने निर्विरोध समिति गठन हुने नेपाली काग्रेस शिवराजले जनाएको छ ।

आज पार्टी कार्यालय चन्द्रौटामा पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आचार्यको अध्यक्षतामा भएको भेलाले हुमाकान्त खनालको संयोजक्तवमा ७ सदस्य कार्यदल गठन गरिएको छ ।

जसको सदस्यहरुमा प्रेम बहादुर रायमाझि,अजय थापा भवनराज पौडेल,बिनोद नेपाल,जम्सेर अलि मियाँ र हरि प्रसाद पोखे्रल रहनुभएको छ । यो सहमतिको लागि आजै वाट काम सुरु गर्ने कार्यदललाई जिल्ला सभापति सुरेन्द्रराज आचार्य आग्रह गर्नुभयो । यता संयोजक खनालले शिवराजमा सर्वसहमति रुपमा नेतृत्व चयन हुने दावि गर्नुभयो ।

असोज ७ गते भएको वडा निर्वाचनमा दुई वटा वडामा चुनाव भएको थियो । नेपाली काग्रेसको शिवराज नगर समितिको निर्वाचन असोज १२ गते हुदै छ । शिवराजको सभापतिमा तीन जना आकाक्षी रहेको बुझिएको छ, यद्धपि सहमतीको लागि प्रयास भने जारी छ । अहिलेका कार्यवाहक सभापति मधुसुदन पोख्रेल,राजु खराल र मेघराज रेग्मी सभापतिमा आकाक्षी रहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu