Connect with us
Kapilvast Forest

३८ क्विन्टल सुन तस्करी मुद्दाको अन्तिम बहस आजदेखि सुरु

२०७८, १० आश्विन आईतवारमा प्रकाशित

 

काठमाडौं- मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको करिब ३८ क्विन्टल सुन तस्करी सम्बन्धी मुद्दाको अन्तिम बहस आज सुरु हुँदैछ।असोज ७ गतेदेखि सुनुवाइका क्रममा रहेर हेर्दाहेर्दैमा राखिएको मुद्दामा आजबाट कानुन व्यवसायीका तर्फबाट बहस हुने विराटनगर उच्च अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमालाले बताउनु भयो ।

मुद्दाको किनारा दसैंअगाडि नै लगाउने तयारी रहेको उहाँको भनाइ छ । उच्च प्रहरी अधिकारीसहित ७७ जना प्रतिवादी रहेको मुद्दामा कानुन व्यवसायीबीचको बहस जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा हुने भएको हो।

मुद्दाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चुडामणि उप्रेतीको समूहले दुबईबाट २०७४ साल माघ ९ गते तस्करी गरेर साढे ३३ किलो सुन काठमाडौं ल्याइपु¥याएपछि गायब बनाइएको थियो।

अहिलेसम्म फेला नपरेको सुन गायब बनाएको आरोपमा गोरेको समूहले करेन्ट लगाएर यातना दिँदा २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ मा सनम शाक्यको मृत्यु भएको थियो। उक्त प्रकरणमा ७७ जना अभियुक्तमध्ये अहिलेसम्म मुख्य अभियुक्त गोरेसहित ५५ जना मात्रै पक्राउ परेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu