Connect with us
Kapilvast Forest

सरकारमा कति र किन मन्त्री चाहिन्छन् ?

२०७८, १० आश्विन आईतवारमा प्रकाशित

मैले नबुझेको कुरा- सामान्य मानिसलाई सरकारमा कति मन्त्री छन् भने जस्तो नचाहिने कुरामा किन चॉसो हुन्छ? खिलराज रेग्मीले ८ मन्त्रीले देश चलाए, अमेरिकामा १२ मन्त्री हुन्छन्, दिल्लीमा ७ जना छ, सूर्बहादुरले ५ जनाले चलाएका थिए। किन चाहिन्छ धेरै मन्त्री?
नेपालमा अहिले ७ जना मन्त्री छन्, कम हैन। भागबण्डाको कुरा नभएको भए यो संख्या काफी हो। एकजनाले ३ मन्त्रालय मजाले चलाउन सक्छ। ६० जना सचिबहरू छन्, पावर डेलिगेट गरे हुन्छ। मिडियामा जे जे बोल्छन् लेख्छन् त्यही देखेर बेकामेहरू बेमतलबमा स्याल झै हुईयॉ हुईयॉ गर्छन्।
विकसित देशमा सरकारमा को कति मन्त्री छ कसैलाई मतलब त हुदैन, चुनावमा पनि २०-२५% पनि मतदान गर्न जादैनन्। किनभने जनताको त्यसमा सरोकार नै हुदैन, राजनीति भनेको सास चलेको मात्र हो, शरीरले आफैले सबै चाहिने काम गरिरहन्छ। अनि जनतालाई मन्त्रीको संख्यासंग के मतलब? सेवासंग न मतलब हुनुपर्ने हो।
मानिसहरू यसरी वाहियातमा समय वर्बाद किन गर्छन् ? नेपालीहरूमा विश्वको जुन देशमा पुगे पनि किन यही ताल र चाल हुने गर्छ। यो राजनीतिक विषाक्तताको रोग हो। नेपालीहरू राजनीतिक महारोगी बनिसकेका छन्।
नचाहिने काममा यो जुनि बर्बाद गरिरहेका हुन्छन्। फलस्वरूप, आफ्नो हित र सरोकार भन्दा अरूको अहित र खतिमा ध्यान र समय लगाईरहेका छन्। गुदी कुरामा मतलबै छैन। हा हा हु हु मै पेट पालिरहेका जस्ता लाग्छन् , पशु जसरी। #साभार भिम उपाध्ययको फेसबुक पेजबाट


Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj