Connect with us
Kapilvast Forest

महाराजगन्जको कांग्रेश नगर सभापतिमा रामअचल चौधरीको फेरी दावेदारी

२०७८, १० आश्विन आईतवारमा प्रकाशित

कपिलवस्तु, असोज १० ।

नेपाली काँग्रेसको कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिकाको वर्तमान सभापति रहेका राम अचल चौधरीले नेपाली कांग्रेशको १४ औ अधिवेशनमा फेरी सभापतीको उम्मेदवारी दिने भएका छन् । चौधरीले काँग्रेसको आगामी हुने महाराजगंज नगर अधिवेशनमा आफूले फेरी सभापति पदका लागि उमेदवारी दिने बताए ।
त्यसको लागि क्षेत्रका अग्रज नेताहरु संग राय सुझाव र परामर्श गर्दै आवश्यक तयारी गरिरहेको पनि उनले जानकारी दिए।उहाँले भन्नु भयो बर्तमान कार्यसमितिले गरेको कार्य उल्लेख्निय रहेकोले पुन त्यही समितिलाई निरन्तरता दिनुपर्ने मेरो माग रहेको छ तर सहमती नभएमा आफुले उम्मेदवारी दिने प्रतिक्रिया दिनु भयो ।
हाल नेपाली काँग्रेस कपिलवस्तु जिल्लाको महाराजगंज नगर समितिको सभापतिमा सक्रिय सहभागिताका साथ सक्रिय सहभागिता निर्वाह गर्दै आउनु भएको उहां अब हुने अधिवेशनमा समेत नगर सभापतिमा आउनेगरी तयारी गरिरहेको बताए ।
विगत २ दसक देखी पार्टीमा सक्रिय भुमिका निर्वाह गर्दै आउनु भएको उहाँ एक कुशल ईमन्दार सामाजिक अभियन्ताका रूपमा सक्रिय रहनु भएका चौधरी एक कर्मठ, जुझारू, इमान्दार, संघर्ष शील,बिकास प्रेमी युवा नेता को रूपमा परिचत रहनु भएका पार्टी को हकहितमा समेत सक्रिय भुमिका निर्वाह गर्दै आएका छन् ।उहाँले नेपाली कांग्रेशमा रहि जनताको सेवा गर्दै आएका छन ।
सबैको व्यक्तित्व विकासका पार्टी सङ्गठनलाई बलियो बनाई , मधेसी, मुस्लिम, दलित, जनजाति, पिछडावर्ग को हकहितमा काम गरि नगरमा काँग्रेसको बलियो उपस्थिति स्थापित गर्न आफूले फेरी सभापतिमा उमेदवारी दिन लागेको बताए । साथै उहां ले क्षेत्रीय प्रतिनिधि हरूलाई समर्थन र सहयोग गर्न अनुरोध गरेका छन् । उहाँ सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधि भएपछि र उहाँ एक बिकास प्रेमी र सरल स्वाभावको नेता भएकोले फेरीनगर सभापति बन्ने सम्भावना बलियो बनेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu