Connect with us
Kapilvast Forest

दशैँका लागि आजदेखि टिकट खुला

२०७८, ११ आश्विन सोमबारमा प्रकाशित

असोज ५ गतेदेखि लामो दूरीको यातायात र आन्तरिक उडान खुला

 

काठमाडौँ-सरकारले नजिकिएका चाडपर्वलाई लक्षित गरी सार्वजनिक सवारीसाधनहरूको ‘रुट इजाजत’ खुला गर्ने भएको छ ।
चाडपर्वलाई लक्षित गरी दशैँको फूलपातीदेखि पूर्णिमासम्म सार्वजनिक सवारीसाधनहरूले बिनारुट इजाजत नै मुलुकभरि आवागमन गर्न पाउने व्यवस्था गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिनुभयो ।

सङ्घीय संसद्अन्तर्गतको विकास तथा प्रविधिको सिंहदरबारस्थित समितिको कार्यकक्षमा आइतबार बसेको बैठकमा महानिर्देशक घिमिरेले सो जानकारी गराउनुभएको हो । उहाँले भन्नुभयो, “नेपालीहरूको महान् चाडपर्वको अवसरमा काठमाडौँ बाहिर जाने र आउने यात्रुको आवागमनलाई सहज र व्यवस्थित बनाउन रुट इजाजत खुला गरिएको हो ।” यस अवधिमा मुलुकको जुनसुकै ‘रुट’ मा पनि सार्वजनिक सवारीसाधन चलाउन पाइने उहाँले स्पष्ट पार्नुभयो ।

बैठकमा महानिर्देशक घिमिरेले यस अवधिमा मुलुकको जुनसुकै स्थानसम्म बिनारुट परमिट बस सञ्चालन गर्न पाइने बताउनुभयो । त्यसैगरी, उहाँले बसको छतमा यात्रु तथा पशुपन्छी राख्न नपाइने, सवारीसाधनले बसको ढोकामा विभिन्न गन्तव्यसम्मको भाडादर स्पष्ट रूपमा टाँस गर्नुपर्ने व्यवस्था गरेको गरिएको जानकारी गराउनुभयो । चाडपर्वको अवधिमा भाडादर अनुगमनका लागि सादा पोसाकका प्रहरी यात्रुका रूपमा परिचालन गरिने जानकारी दिनुभयो ।

त्यसैगरी, यातायात व्यवस्था विभागले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म ‘मल्टी एक्सल ट्याक्टर ट्रेलर’ काठमाडौँ भित्रिनमा रोक लगाइएको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सो अवधिमा खाद्यानलगायतका अत्यावश्यक वस्तु ढुवानी गर्ने ठूला सवारीसाधनको सञ्चालनमा नारायणगढदेखि नै रोक लगाइएको हो ।”

आजदेखि टिकट खुला
बडादशैँलगायतको चाडपर्वका लागि काठमाडौँबाट बाहिरका यात्रुका लागि सोमबारदेखि अग्रिम ‘टिकट बुकिङ’ खुला गरिएको प्रवक्ता डा. भुसालले जानकारी दिनुभयो ।

उहाँले कोभिड–१९ को महामारीको समयमा सकेसम सम्बन्धित बसको टिकट काउन्टरमा नगई अनलाइनबाट टिकट बुकिङ गर्न मिल्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले सोमबारदेखि अनलाइन टिकेटिङ र मोबाइल एप्लिकेसनको माध्यमबाट टिकट खरिद गरी ढुक्क हुन सबैसँग आग्रह गर्नुभयो ।

सडक मर्मत गर्न निर्देशन
यसैबीच विकास तथा प्रविधि समितिले चाडपर्वअघि नै वर्षाले क्षति पु-याएका सडक तथा पुलको मर्मत गर्न गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।
त्यसैगरी चाडपर्वको समयमा सवारीसाधनको सिट क्षमताअनुसार मात्र यात्रु राख्न पाइने, सवारीसाधनमा स्पष्ट देखिने ठाउँमा भाडदर टाँस्ने व्यवस्था गर्न समितिले निर्देशन दिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu