Connect with us
Kapilvast Forest

२४ घण्टामा ३ लाख १२ हजारभन्दा धेरै जनाले लगाए काेराेनाविरुद्धकाे खाेप

२०७८, ११ आश्विन सोमबारमा प्रकाशित

काठमाडौं– पछिल्लो २४ घण्टामा तीन लाख १२ हजार आठ सय ७४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।देशभर चलिरहेको खोप अभियानअन्तर्गत पछिल्लो २४ घण्टामा तीन लाख १२ हजार आठ सय ७४ मात्रा कोरोनाविरुद्धको खोप प्रयोग भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिले हिमाली जिल्लामा १८ वर्षमाथि उमेर समूहका सबै र अरू जिल्लामा ४५ बर्षमाथिका तथा अत्यावश्यक सेवालगायतका व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइँदैछ ।

यसैबीच पछिल्लो २४ घण्टामा सहित नेपालमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ६१ लाख ६५ हजार ५२ र एक मात्रा खोप लगाउनेको सङ्ख्या ६७ लाख ९३ हजार चार सय ५६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार दुई सय ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १५ हजार चार सय ८८ जनाको नमुना परीक्षण गर्दा एक हजार दुई सय ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ८३ हजार दुई सय २१ पुगेको छ ।

यस्तै एक हजार दुई सय ६२ जना निको भएसँगै काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६२ हजार चार सय १६ पुगेको छ ।

यही अवधिमा थप सात जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार एक सय तीन पुगेको छ ।

अहिले १८ हजार आठ सय ४८ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ८५ जनाको आईसीयू र एक सय २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएकाे छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj