एमालेको १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकमा रावल
काठमाडौं- नेकपा एमालेले दश बूँदे सहमती कार्यान्वयनका लागि गठित कार्य दलको संयोजकमा उपाध्यक्ष भीम रावललाई तोकेको छ । सोमबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बसेको पार्टी स्थायी कमिटी बैठकले उपाध्यक्ष रावललाई सो कार्यदलको संयोजक बनाउने निर्णय गरेको हो ।
अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अनुसार बैठकले दश बूँदे सहमती कार्यान्वयनमा केही ठाउँमा समस्या देखिएको उल्लेख गर्दै ती समस्या समाधान गर्ने जिम्मेवारी पनि सो कार्य दललाई दिने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिनु भयो ।
कार्यदलमा रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्धय विष्ण पौडेल र घनश्याम भुसाल, स्थायी कमिटीका सदस्यहरु सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका थिए भने नेता शंकर पोखरेललाई पनि कार्य दलमा राख्ने निर्णय भएको छ ।