सशस्त्र प्रहरीलाई एक लाख मास्क हस्तान्तरण
कपिलवस्तु –नेपाल स्काउटद्वारा सशस्त्र प्रहरीलाई एक लाख मास्क हस्तान्तरण गरिएको छ । युनिसेफको सहयोग कपिलवस्तुमा मास्क प्रयोग सुनिश्चित अभियान अन्तर्गत सशस्त्र प्रहरी विन्दवासिनी ५ नम्बर बाहिनी चन्द्रौटा लाई उक्त मास्क प्रदान गरिएको हो ।
आज भएको उक्त कार्यक्रममा सशस्त्र प्रहरी लुम्बिनी प्रदेश प्रमुख डिआइजी किशोर प्रधानले स्काउट समाज सेवामा नमुना काम गरेको बताउनुभयो । स्काउटले ठुलो परिमाणमा मास्क हस्तान्तरण गरेको धन्यवाद दिनुभयो ।
कोभिडको बेला जोखिमपुर्ण रुपमा सशस्त्र प्रहरीले काम गरेको र नागरिकको शान्ति सुरक्षाको सवालमा अग्रस्थानमा रहने बताउनुभयो । स्काउटले प्रदान गरेको उक्त मास्कलाई सीमा क्षेत्रमा रहेका डेस्कहरू वाट नागरिकहरूमा वितरण गर्ने प्रधानले बताउनुभयो । स्काउट लुम्बिनी प्रदेश संयोजक दिननाथ भट्टराईले यो विषम परिस्थितिमा विभिन्न सङ्घसंस्था सँग सहकार्य गरी काम गरेको बताउनुभयो ।
स्थानीय सरकार प्रदेश सरकार तथा ट्राफिक प्रहरी सँग सहकार्य गरी कोरोना नियन्त्रणमा विभिन्न सचेतनामूलक कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।विद्यालयहरूमा थप जोखिम रहेको विद्यालयहरूमा समेत विभिन्न कार्यक्रम गरिएको भट्टराईले बताउनुभयो । हस्तान्तरण कार्यक्रममा स्काउटका प्रदेश तथा जिल्लाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।