Connect with us
Kapilvast Forest

महिलाको चरित्र हत्या आरोपमा ४ युट्युबर पक्राउ

२०७८, १३ आश्विन बुधबारमा प्रकाशित

pakrau fiture

 

काठमाडौं- युट्युब च्यानलमा महिलाको चरित्रहत्या गर्ने भिडियो तथा अन्तर्वार्ता प्रसारण गरेको आरोपमा प्रहरीले चार जना युट्युबरलाई पक्राउ गरेको छ ।प्रहरीको साइबर ब्युरोको टोलीले दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङका २१ वर्षीय प्रदीप भण्डारी, हरेक पलको खबर युट्युब च्यानलका नुवाकोटका २७ वर्षीय शिशिर अधिकारी, सराइचुली मिडिया युट्युब च्यानलका मोरङका ३५ वर्षीया पिंकला कार्की र मोडर्न अनलाइन टीभी युट्युब च्यानलका दोलखाका २४ वर्षीय रोधन तामाङलाई बुधबार पक्राउ गरेको हो ।

उनीहरुले ती युट्युब च्यानलमार्फत पीडित महिलाको तस्वीरसहित चरित्रहत्या हुने गरी सामग्री प्रसारण गरेको उजुरी परेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले बताउनु भयो ।

पक्राउ परेका चारै जनामाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको ब्युरोले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu