Connect with us
Kapilvast Forest

नेपाल टेलिकमले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सित्तैमा सिम कार्ड दिने

२०७८, १४ आश्विन बिहीबारमा प्रकाशित

ntc

काठमाडौं – नेपाल टेलिकमले भोलि शुक्रवारदेखि आउँदो २५ गतेसम्म ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सिम कार्ड दिने भएकाे छ ।

संयुक्त राष्ट्र सङ्घको आयोजनामा विश्वव्यापी रूपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले देशभरका ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप निःशुल्क सिम प्रदान गर्ने भएको हो ।

सिम असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकहरूलाई निःशुल्क रूपमा प्रदान गरिने छ । यस सिममा १० रुपैयाँ ब्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्ने, २० वटा सन्देश पठाउने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा एक महिनासम्म उपलब्ध हुनेछ ।

निःशुल्क सिम कार्डका लागि लागि एक प्रति पासपोर्ट साइजको फोटो, परिचय र उमेर खुल्ने प्रमाणपत्र (जस्तै– नागरिकता प्रमाणपत्र, जेष्ठ नागरिकको परिचयपत्र) को प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।a

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu