Connect with us
Kapilvast Forest

हात्तीको आक्रमणमा निगुरो खोज्न गएकी महिलाको मृत्यु

२०७८, १५ आश्विन शुक्रबारमा प्रकाशित

death

 

बिर्तामोड- जंगलका तरकारीका लागि निगुरो खोज्न गएकी एक महिलाको भद्रपुर नगरपालिका १० मा पर्ने चारआली जंगलमा एक महिलाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका ८ बस्ने ५० वर्र्षीय लतुमाई मर्डीको बिहीबार विहान निगुरो टिप्न भद्रपुर नगरपालिका १० चारआली जंगलमा निगुरो टिप्न जादा जंगली हात्तीले सुँढले चेपेर चन्द्रगढी सामुदायिक वन समुहतर्फ लगेर गएको मृतकका श्रीमान सुकलाल मर्डीले बताउनुभयो ।

मर्डीले श्रीमतीलाई हात्तीले सढले चेपेर जंगलमा लगेको प्रहरीलाई खबर गरेपछि सेना, प्रहरीको ६० जनाको टोली र स्थानीयले उहाँको खोजी गर्दा दिउँसो ४ बजे स्थानीय सेती खोलाको पैनीमा मृत अवस्थामा मर्डी फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले बताउनुभयो । हात्तीले लखेटेपछि श्रीमान सुकलाल भने भागेर ज्यान बचाउन सफल हुनुभएको थियो ।

उहाँले गाउँमा आई होहल्ला गरेपछि सेना प्रहरी र स्थानीय मर्डीको खोजीमा जंगलमा पसेका थिए । मर्डी दम्पत्ती लामो समयदेखि चारआली जंगलमा निगुरो खोजेर विक्री गरी आफ्नो जीविका चलाउँदै आएका थिए । यस चारआली जंगल क्षेत्रमा ठूलो सङ्ख्यामा स्थानीयहरु तरकारीका रुपमा प्रयोग हुने निगुरो टिपेर विक्री गरेर घरखर्च चलाउँदै आएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu