Connect with us
Kapilvast Forest

न्यादी हाइड्रोपावरको आइपीओ बिक्री खुला

२०७८, १५ आश्विन शुक्रबारमा प्रकाशित

 

काठमाडौं- न्यादी हाइड्रोपावरले आजदेखि गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ।कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो। यसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यसमा असोज १९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा भने असोज ३१ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ। लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu