Connect with us
Kapilvast Forest

एमाले विधान महाधिवेशन:प्रतिनिधि गोदावरी पुगे, हल प्रवेश गर्ने क्रम सुरु

२०७८, १५ आश्विन शुक्रबारमा प्रकाशित

 

 

काठमाडौँ — नेकपा एमालेको विधान महाधिवेशन आजदेखि सुरू हुँदैछ । महाधिवेशनका लागि जिल्ला–जिल्लाबाट आएका प्रतिनिधिहरु ललितपुरको गोदावरी पुगेका छन् । कार्यक्रमस्थल सनराइज हलमा पुगेका प्रतिनिधिहरु हल प्रवेश गर्नेक्रम सुरू भएको छ । शीर्ष नेताहरु भने बाटोमै छन् ।

महाधिवेशनका कार्यक्रम सुरु हुन बाँकी नै भएपछि नेता कार्यकर्ताहरु भने सेल्फी र फोटो खिचालउन व्यस्त देखिएका छन् । हल प्रवेशमा सुरक्षा जाँच, मास्क, सेनिटाइरको प्रयोग र थर्मन गनबाट शरीरको तापमान लिने व्यवस्था गरिएको छ ।

 

महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारीसहित सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै सदस्य, जिल्ला कमिटीका प्रतिनिधि, संघ र प्रदेशका सांसद, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसंगठन र पेसागत संगठनहरूबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका संघरसंगठनहरूबाट चुनिएका प्रतिनिधि, पार्टी केन्द्रबाट विधानबमोजिम मनोनीत सदस्यहरू गरी ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu