Connect with us
Kapilvast Forest

पाल्पामा एक पुरूष मृत फेला

२०७८, १५ आश्विन शुक्रबारमा प्रकाशित

death

पाल्पा- रामपुर नगरपालिका–६ तिलकपुरका ४५ वर्षीय खगबहादुर कुमाल मृत फेला परेका छन्। चिप्लेढुंगास्थित आफ्नै खेतमा पानी लगाउने कुलोको बाँधमा शुक्रबार बिहान ६ बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनु भयो।

उनी बिहीबार राति १० बजे खाना खाएर घरबाट निस्किएका पविारले जनाएको छ। उनले मादक पदार्थ समेत सेवन गरेको बताइएको छ।

खगबहादुरका छोरा १७ वर्षीय सुजन बिहान ५ बजे खेतमा पानी लगाउन जाने क्रममा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। बिहान पौने ८ बजे खबर आएलगत्तै इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी टोली पुगेको थियो। शवको पोष्टमार्टम गरी आफन्तले बुझेको छन्। घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu