राजनीतिक प्रतिवेदन पेस गर्ने जिम्मा पोखरेललाई
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी ओलीले राजनीतिक प्रस्ताव पेस गर्ने जिम्मा शंकर पोखरेललाई दिनु भएको छ । ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरू भएको प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रस्ताव पेस गरिरहेका ओलीले आफूलाई रुघाखोकीका कारण समस्या भएको भन्दै प्रस्ताव पेस गर्ने जिम्मा पोखरेललाई दिनु भएको हो ।
अहिले अध्यक्ष ओलीको प्रतिवेदन पोखरेलले पेस गरिरहनु भएको छ । अध्यक्ष ओली अहिले मञ्चमै बसेर आफैले तयार पारेको प्रतिवेदन सुनिरहेका छन् ।