Connect with us
Kapilvast Forest

नवौं महाधिवेशनको कार्यदिशा सर्वसम्मत भयो भन्नु सकारात्मक : भुसाल

२०७८, १५ आश्विन शुक्रबारमा प्रकाशित

ghanshyam

काठमाडौं – नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले नवौं महाधिवेशनको कार्यदिशा विधान महाधिवेशनमा पुग्दा सर्वसम्मत भयो भन्नु सकारात्मक भएको बताउनु भएको छ ।

ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको विधान सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत राजनीतिक प्रतिवेदनमा नवौं महाधिवेशनको कार्यदिशा विधान महाधिवेशनमा पुग्दा सर्वसम्मत भएको उल्लेख छ । यो सकारात्मक भएको भन्दै उपमहासचिव भुसालले भन्नु भयो ‘नवौं महाधिवेशनमा असहमत रहेका कमरेडहरुले त्यो कार्यदिशालाई समर्थन गर्नु भएको छ । अब राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने कार्यदिशा पार्टीमा सबै पक्षको कार्यदिशा भएको छ ।’

यद्यपि यो विधान महाधिवेशनमा पनि पार्टीको ठोस कार्यक्रम तयार पार्न नसकेको उहाँले बताउनु भयो । उपमहासचिव भुसाल भन्छन्, ‘कार्यक्रमले पार्टीका सम्पूर्ण काम र त्यसमा नेता कार्यकर्ताको मूल्यांकन गर्ने आधार दिन्थ्यो । त्यो नहुँदा समृद्धि र समाजवाद नारा, चर्चा, छलफल र भाषणमा मात्र सिमित हुन्छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu