Connect with us
Kapilvast Forest

एमालेको विधान महाधिवेशनमा प्रस्ताव छलफल गर्न १० समूह निर्माण

२०७८, १६ आश्विन शनिबारमा प्रकाशित

काठमाडौं :नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत प्रस्तावहरूमाथि समूहगत छलफल गर्न १० वटा समूह निर्माण गरेको छ।अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेस गरेको सांगठनिक र उपमहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न १० समूह बनाइएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनु भयो ।

समूहगत छलफलको सहजीकरणका लागि २० नेतालाई जिम्मेवारी तोकिएको छ। सनिवार बिहान ८ बजेदेखि समूहगत छलफल सुरु हुने र दिउँसो २ बजे सुरु हुने पूर्ण सत्रमा समूहगत छलफलका सुझाव पेस गरिने जनाइएको छ। आजबाट सुरु भएको महाधिवेशनमा कुल ६ हजार तीन सय ४७ प्रतिनिधिहरू सहभागी छन्।

प्रदेश १ (समूह क)

सहजीकरण : सुवास नेम्वाङ र भीम आचार्य
अध्यक्षता : देवराज घिमिरे
प्रदेश २ (समूह ख)

सहजीकरण : सत्यनारायण मण्डल र रघुविर महासेट
अध्यक्षता : ज्वाला साह
वागमती प्रदेश (समूह ग)
सहजीकरण : अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा
अध्यक्षता : आनन्द पोखरेल

गण्डकी प्रदेश (समूह घ)
सहजीकरण: पृथ्वीसुब्बा र किरण गुरुङ
अध्यक्षता : जगत विश्वकर्मा

लुम्बिनी (समूह ङ)
सहजीकरण : विष्णु पौडेल र शंकर पोखरेल
अध्यक्षता : लीला गिरी

कर्णाली प्रदेश (समूह च)
सहजीकरण : युवराज ज्ञवाली र यमलाल कँडेल
अध्यक्षता : गोरख बोगटी

सुदूरपश्चिम प्रदेश (समूह छ)
सहजीकरण : भीम रावल र लेखराज भट्ट
अध्यक्षता : कर्ण थापा

उपत्यका विशेष, सम्पर्क समन्वय कमिटी र प्रवास क्षेत्र (समूह ज)
सहजीकरण : छविलाल विश्वकर्मा र राजन भट्टराई
अध्यक्षता : सुजिता शाक्य

जनसंगठन (समूह झ)
सहजीकरण : गोकर्ण बिष्ट र टोपबहादुर रायमाझी
अध्यक्षता : सुनिता बराल

केन्द्रीय निकाय र आयोग (समूह ञ)
सहजीकरण : अमृत बोहोरा र पुष्प कडेल
अध्यक्षता : भानुभक्त ढकाल

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu