Connect with us
Kapilvast Forest

ईपीएल : विराटनगरलाई हराउँदै पोखरा दोस्रो स्थानमा उक्लियो

२०७८, १६ आश्विन शनिबारमा प्रकाशित

काठमाडौं – एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा पोखरा राइनोजले विराटनगर वारियर्सलाई सात विकेटले हराएको छ । त्रिवी क्रिकेट मैदानमा विराटनगरले दिएको एक सय ७३ रनको लक्ष्य पोखराले १४ बल अघि मात्रै तीन विकेट गुमाएर भेटायो ।

पोखराको जीतमा विदेशी खेलाडी असेला गुणारत्नेले नटआउट ५० रन बनाए । विराटनगरका प्रतिस जिसी, सिकन्दर राजा र हरि चौहानले विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले आरिफ शेखको ४४ रनको मद्दतमा पाँच विकेट गुमाएर एक सय ७२ रन बनाएको थियो । आजको जीतसँगै पोखरा पाँच अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । विराटनगर भने चार खेलमा कुनै पनि अंक बटुल्न नसकी पुछारमा रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu