Connect with us
Kapilvast Forest

एमाले विधान महाधिवेशन स् समूहगत छलफलको रिपोर्टिङ सकियो

२०७८, १७ आश्विन आईतवारमा प्रकाशित

काठमाडौँ — नेकपा (एमाले)को विधान महाधिवेशनको तेस्रो दिन आइतबार राजनीति, सांगठनिक र विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको छ ।

आइतबार बिहान प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका साथै जनवर्गीय संगठनका समूहका नेताले आ(आफ्नो समूहको छलफलको निष्कर्ष सुनाएसँगै समूहगत छलफलको रिपोर्टिङ गर्ने काम सकिएको हो ।

प्रदेश १ बाट देवराज घिमिरे, प्रदेश २ बाट ज्वाला साह र गण्डकी प्रदेशको समूहबाट जगतबहादुर विश्वकर्माले समूहको निष्कर्ष सुनाउनु भएको थियो । त्यस्तै, जनवर्गीय संगठनको तर्फबाट अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले समूह छलफलको रिपोर्टिङ प्रस्तुत गर्न भएको थियो ।

प्रदेश १, गण्डकी प्रदेश र जनवर्गीय संगठनबाट समूहको निष्कर्ष सुनाउनेहरू अध्यक्ष केपी शर्मा ओली निकटका नेताहरू हुन् भने प्रदेश २ बाट रिपोर्टिङ प्रस्तुत गर्ने ज्वाला साह माओवादीबाट एमालेमा प्रवेश गरेका प्रभु साह निकट नेतृ हो । प्रभु साह एमालेको विधान महाधिवेशनमा उपस्थित नभएको अवस्थामा ज्वालालाई समूह नेता चयन गरेर अगाडि बढाइएको हो ।एमालेको विधान महाधिवेशन आइतबार नै सकिने कार्यक्रम रहेको छ । आज पार्टी प्रवेश र अध्यक्ष ओलीले समापन सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu