३० हजार जनाले दौडने प्रतियोगिता
एजेन्सी-बेइजिङ म्याराथन दौड एक बर्ष स्थगित भएपछि आगामी कार्तिक १४ गते हुने भएको छ।सहभागीहरुले चीनको राजधानी बेइजिङ स्थित तियानम्यान स्क्वायरबाट दौड सुरु गर्ने चीनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ। कोभिडका कारण उक्त प्रतियोगिता गत वर्ष स्थगित गरिएको थियो। कार्तिक १४ गते बिहान साढे सात बजे उक्त प्रतियोगिता सुरु हुने आयोजक समितिले जनाएको छ। प्रतियोगिताको अन्तिम समय भने पाउने दुई बजे सम्मका लागि तोकिएको छ।
दौढमा करिव ३० हजार जना सहभागी हुने भएका छन। प्रतियोगिता ओलम्पिक पार्कमा पुगेर सम्पन्न हुने कार्यक्रम छ।
यो प्रतियोगितामा भाग लिन बेईजिङको स्थायी बासिन्दा हुनुका साथै २० वर्ष र सो भन्दा माथि उमेरको हुनु पर्नेछ। ४२ दशमलब एकनउ पाँच किलोमिटर दुरीको पुरा म्याराथन ६ घण्टा भित्र र सोही दुरीको आधा मार्ग अर्थात हाफ म्याराथन ३ घण्टा भित्र सम्पन्न गरिसक्नु पर्ने आयोजकले जनाएका छन।
प्रतियोगितामा भाग लिने धावकहरु प्रतिस्पर्धाको मिति भन्दा २१ दिन पहिले देखिनै बेइजिङमा रहन आवश्यक रहेको तर सो अवधिको दौरान हरेक दिन आफ्नो स्वास्थ्य स्थिति अनलाइन घोषणा गर्नु पर्नेछ।सहभागीहरुले कोभिड बिरुध्दको खोप अनिवार्य रुपमा लगाएको हुनु पर्ने व्यवस्था गरिएको छ।