Connect with us
Kapilvast Forest

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको ५६ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने

२०७८, १७ आश्विन आईतवारमा प्रकाशित

 

काठमाडौं-नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ५६ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । आइतबार एक सूचना जारी गर्दै बैंकले २०७८ कार्तिक २ गतेदेखि आगामी वर्ष २०७९ कार्तिक २ गतेसम्म कुल ३६६ दिनका लागि सो कोषको रकम लगानी गर्न चाहेको जनाएको हो ।

 

बैंकले इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकहरुलाई तोकिएको शर्तहरु पूरा गरी प्रस्तावित ब्याजदरसहित आगामी असोज १९ गते बेलुका ५ बजे भित्र दरखास्त हालिसक्न भनेको छ ।
सूचना अनुसार बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरुका लागि ४४ करोड ८० लाख, ‘ख’ वर्गका विकास बैंकहरुका लागि ८ करोड ४० लाख छुट्याएर बाँकी रहेको २ करोड ८० लाख रुपैयाँ ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुलाई छुट्याएको छ ।

यद्यपि, लगानीका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय कम्पनीहरूमा केही शर्तहरु राखेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu