Connect with us
Kapilvast Forest

फलामे छडको मूल्य घट्ने

२०७८, १७ आश्विन आईतवारमा प्रकाशित

काठमाडौं  – सरकारले फलामे छडमा लाग्दै आएको अन्तःशुल्क हटाएसँगै फलामे छडको मूल्य घट्ने भएको छ । नेपाल फलामे छड उत्पादन सङ्घले स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार तथा अन्तःशुल्कमा छुट भएसँगै मूल्य घट्ने जनाएको हो ।

सङ्घले आज आइतवार एक विज्ञप्ति जारी गर्दै सङ्घमा आबद्ध उद्योगलाई प्रति किलो चार रुपैयाँ घटाउन निर्देशन दिएको हो । बजेटमा नै भन्सारसँगै अन्तःशुल्कमा छुट भएपछि सरकारलाई बुझाउनुपर्ने राजस्व रकम उपभोक्तालाई छुट दिने तयारी भएको सङ्घका अध्यक्ष साहिल अग्रवालले जानकारी दिनुभयो ।

“नेपाल सरकारले गएकाे भदाै २५ मा ल्याएको बजेटबाट स्पन्ज आइरनमा भएको भन्सार छुट तथा स्थानीय फलामे उत्पादनमा अन्तःशुल्क नलाग्ने व्यवस्थाको यस सङ्घ स्वागत गर्दछ । त्याे व्यवस्थाबाट नेपालमा उत्पादित फलामे छडको लागत प्रति केजी चार रुपैयाँले घट्न जाने जानकारी गराउदछौँ”, सङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बजेटपछिका तीन हप्तामा अन्तर्राष्ट्रिय बजारमा फलामे छडको कच्चा पदार्थ बिलेट तथा बिलेटको कच्चापदार्थ स्पन्ज आइरनमा १२ प्रतिशतभन्दा बढीले मूल्य वृद्धि भएको र त्यसबाट फलामे छड उत्पादनमा बढ्न जाने लागतमा नेपाल सरकारको बजेटका कारण घट्न गएको लागत मूल्य प्रति केजी चार रुपैयाँ घटाइ फलामे छड बिक्री वितरण गर्नुहुन सम्पूर्ण उद्योगीलाई अनुरोध गर्दछौँ ।”

सरकारले फलामे डन्डी बनाउन प्रयोग हुने स्पन्ज आइरनको आयातमा लाग्ने पाँच प्रतिशतको भन्सार र अन्तःशुल्कमा छुट दिएको भन्दै बिलेट आयात गर्ने उद्योगी आन्दोलित बनेका छन् । सरकारले यसअघि एमएस बिलेट आयातमा प्रति टन एक हजार ६ सय ५० रुपैयाँ अन्तःशुल्क लाग्ने गरेकोमा बढाएर दुई हजार पाँच सय रुपैयाँ पुर्‍याएकाे छ ।

सरकारको यस्तो व्यवस्थाले नेपालमै बिलेट बनाएर फलामे डन्डी उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन भएको तर बिलेट आयात गरी डन्डी उत्पादन गर्नेलाई समस्या भएको भन्दै केही उद्योगी व्यवसायी आन्दोलित भएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu