Connect with us
Kapilvast Forest

बाणगंगामा बजार छड्के अनुगमन ,पाँच पसललाई जरिवाना

२०७८, १९ आश्विन मंगलवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको बाणगंगामा सोमबार बाजर अनुगमन गरिएको छ । चाडपर्वका बेला हुन सक्ने कालोबाजारी तथा खाद्य गुणस्तरमा लापरवाही हुन सक्ने भन्दौ छड्के अनुगमन गरिएको हो । वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय, रुपन्देहिको टोली सहित घरेलु तथा साना उद्योय कार्यालय र खाद्य गुण नियन्त्रण कार्यालय कपिलवस्तुको संयुक्त टोलिले बाणगंगाका विभिन्न बजारमा अनुगमन गरेको हो ।

बाणगंगाको पिपरा देखि बनगाई सम्मका बजारहरुमा छड्के अनुगमनका क्रममा पसल व्यवसायहरु दर्ता भएको पाइए पनि गुणस्तरियतामा व्यापक लापरवाही भएको देखिएको छ । पिपरा, बैरिया र बनगाइका गरी ५ वटा पसल संचालकलाई अनुगमन टोलीले कार्वाही समेत गरेको छ । कारबाहि पर्ने पसललाई जरिवानाको दाखिला गर्न भनिएको छ ।

चर्डपर्व लक्षित बजार अनुगमनमा व्यवसायीहरुले सेवाग्रहीसँग चर्को मूल्यमा सामान विक्रि गर्न सक्ने र यसै समय सामानको कालोबजारी समेत हुने देखिएपछि बजार अनुगमनलाई तिव्रता दिईएको हो ।

बाणगंगामा खाद्य सामग्री उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र त्यसको गुणस्तर, मिठाइ, दूध, दुग्धजन्य उत्पादन, प्याकिङ गरी बिक्री गरिने खाद्यवस्तुमा हुनुपर्ने लेबल, गुणस्तर, उत्पादन मिति, समाप्ति मिति, मूल्यसूची, पसल सञ्चालनको अनुमति, नवीकरण भएनभएको विषयमा अनुगमन गरिएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu