चक्कु हानेर साथीको हत्या गर्ने लिम्बु पक्राउ
काठमाडौं-चक्कु हानेर साथीको हत्या गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका ८ भंगाल बस्ने मोरङ बिराटनगर घर भएका ३० वर्षीय राज खड्कालाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ताप्लेजुङ घर भएका ३५ वर्षीय प्रदिप लिम्बुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रदिपले खड्कालाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भए पनि उपचारको क्रममा खड्काको मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।