Connect with us
Kapilvast Forest

कृष्णनगरमा झाडापखालाको महामारी २ को मृत्यु,एक सय हराहारीमा बिरामी

२०७८, १९ आश्विन मंगलवारमा प्रकाशित

कपिलवस्तु –कपिलवस्तुको कृष्णनगर नगरपालिकामा केहि दिन यता झाडापखालाको महामारीले दुई जनाको मृत्यु भएको छ ।
केहि दिनदेखि फैलिएको महामारीले अहिले एक सयको हराहारीमा बिरामीहरू पुगेको कृष्ण नगर नगरपालिका का नगरप्रमुख रजत प्रताप शाहले जानकारी दिनु भयो ।
गए राति देखि झाडापखालाका बिरामीका नयाँ बिरामी आउनेक्रम बढेको थियो नगर प्रमुख शाहाले भन्नु भयो । विरामी को चाँप बढ्दै गए पछि उपचारमा खटिने जिल्ला अस्पताल कपिलवस्तुबाट समेत स्वास्थ्यकर्मि खटिएको नगरप्रमुख शाहले बताउनु भयो ।

 

बहादुरगंज आसपासका गाउँहरूमा बिरामी बढ्दा शिवराज अस्पतालमा बिरामीको चाप बढेको छ । बहादुरगंजमा उपचारका स्रोतसाधन अपुग हुँदा जिल्लाबाट सहयोग लिएर तत्कालको लागि सेवा प्रदान गरेकाका छौं थप सेवाको लागि प्रदेशबाट पनि सेवा प्रदान गर्ने गरी ब्यवस्था भइरहेका नगरप्रमुख शाहले बताउनु भयो ।

कृष्णनगरको बहादुरगन्ज , सुखरामपुर , देवानगढिया , जमुनी , दयानगर, विजयनगर ,जुमिला, डबरा लगायतका गाउँमा झाडापखाला र बान्ताका बिरामीको सख्या एक सय भन्दा बढी छ । दुई जनाको ज्यान गइसकेको छ ।जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु झाडापखालाको महामारी नियन्त्रणका लागि आवश्यक औषधी सहित शिवराज अस्पतालमा आइपुगेको उहाँले बताउनु भयो ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu