Connect with us
Kapilvast Forest

संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

२०७८, २० आश्विन बुधबारमा प्रकाशित

 

 

काठमाडौं- प्रमुख प्रतिपक्षको विरोधकाबीच संसद चलाउनुभन्दा अधिवेशन अन्त्य गर्न उपयुक्त हुने ठान्दै सरकारले जारी संसदको अधिवेशन अन्त्य गर्ने तयारी थालेको छ । यसका लागि कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनौपचारिक रुपमा सभामुखसँग छलफलसमेत गर्नु भएको छ ।

 

कानुन मन्त्रालय स्रोतका अनुसार संसदमा पेश भएका केही विधेयकहरु फिर्ता लिने र अधिवेशन अन्त्य गर्ने तयारीस्वरुप मन्त्री खड्काले सभामुखसँग कुराकानी सुरु गर्नु भएको हो । विधेयकहरु फिर्ता गर्न मन्त्रालयका अधिकारी र संसद सचिवालयबीच पनि कुराकानी भइरहेको बुझिएको छ ।

‘यो अधिवेशन हिउँदे कि बर्षे भन्ने पनि प्रश्न उठेको थियो, तर अधिवेशनले गरेको कामले नै जवाफ दिएको छ’, संसद सचिवालय स्रोतले भन्यो, ‘संसदका मुख्य तीनवटा काम हुन्छन्, त्यसमा पनि हिउँदे अधिवेशनका पहिलो काम कानुन बनाउने हो भने बर्षे अधिवेशनको काम सरकार बनाउने र बजेट पारित गर्ने हो ।’

‘यो अधिवेशनले सरकार बनाउने र बजेट समेत पारित गर्ने दुवै महत्वपुर्ण काम गरिसकेकाले यसको प्रमुख दायित्व सकिएको छ, त्यसै पनि अव दशै तिहार विदा हुन्छ त्यसकारण अधिवेशन बन्द गरेर जाँदा उपयुक्त हुन्छ भन्ने हिसावले छलफल भइरहेको छ’, सचिवालय स्रोतको भनाइ छ । कानुन मन्त्रालय उच्च स्रोतका अनुसार सरकारले संघीय निजामती सेवा विधेयक, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक रेलसम्बन्धी विधेयक, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक फिर्ता लिने तयारी छ ।

भदौ २ गतेबाट सुरु भएको सुरु भएको प्रतिनिधि सभाको नवौं अधिवेशन र राष्ट्रिय सभाको दशौं अधिवेशन बैठकमा प्रमुख प्रतिपक्ष एमालेले लगातार अवरोध गर्दै आएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu