सुनको मूल्य घट्यो‚ चाँदीको स्थिर
काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४०० रूपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ९०० रुपैयाँ तोकिएको छ। मंगलबार ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै‚ तेजाबी सुनको मूल्य प्रतितोलाको ८९ हजार ४५० रुपैयाँ तोकिएको छ। मंगलबार ८९ हजार ८५० मा कारोबार भएको थियो।
महासंघका अनुसार चाँदीको मूल्य स्थिर रहेको छ। यसअघि चार कारोबार दिन नै चाँदीको मूल्य स्थिर रहेको थियो। मंगलबार प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५३ दशमलब ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ।