Connect with us
Kapilvast Forest

पोखरालाई हराउँदै चितवन ईपीएलको फाइनलमा

२०७८, २० आश्विन बुधबारमा प्रकाशित

 

काठमाडौं – चितवन टाइगर्स चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। आज भएको पहिलो क्वालिफायरमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै चितवन फाइनलमा प्रवेश गरेको हो।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १५ ओभरमा अलआउट हुँदै ६६ रनमा समेटियो। पोखराका लागि रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाए। सुनिल धमलाले १८ रन जोड्दा सुशन भारीले १२ रन बनाए। लोकेश बम ५,सहन अर्चाचिगे ३, बिक्रम सोब ३, विवेक यादव २, असेला गुनारत्ने १ रनमा आउट भए। कप्तान विनोद भण्डारी र नन्दन यादव शून्यमा आउट हुँदा किशोर महतो १ रनमा अविजित रहे।पोखरालाई सस्तैमा समेट्न चितवनका सागर ढकाल र शाहब आलमले ४–४ विकेट लिए।

जवाफि व्याटिङ गरेको चितवनले सात ओभर पाँच बलमा एक विकेट गुमाउँदै लक्ष्य भेट्टायो। चितवनका लागि मोहम्मद साजादले ४८ रन बनाए भने हसीम अन्सारी १४ र करिम जन्नत ४ रनमा अविजित रहे।

पराजित पोखराले आज हुने एलिमिनेटरको विजेतासँग खेल्नेछ।आज नै हुने एलिमिनेटरमा काठमाडौं किङ्स–११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ। यस खेल दिउँसो १ः३० बजे सुरु हुनेछ।प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu