Connect with us
Kapilvast Forest

थरुहट थारुवान राष्ट्रिय माेर्चाकाे समिति गठन

२०७८, २० आश्विन बुधबारमा प्रकाशित

राम अवतार चाैधरी कपिलवस्तु– कपिलवस्तुमा थरूहट थारूवान राष्ट्रिय मोर्चाकाे तदर्थ कार्य समिति गठन गरिएकाे छ । चन्द्राैटामा बुधबार प्रकाश चौधरीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको आयाेजकले जनाएको छ । माेर्चाको सहसंयोजकमा माधव थारू चयन रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा गोपी थारू, इन्द्र बहादुर थारू, संदीप कुमार थारू, श्री निवास थारू, खेम चौधरी, प्रमिला थारू, सतिश थारू, रेशम चौधरी, अर्जुन थारु, उत्तम चाैधरी, राम नरेश थारू रहेका छन्

। समितिको सल्लाहकारमा कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको उप-प्रमुख शिवकुमारी चौधरी, राम अवतार चौधरी र सीताराम थारू रहेका छन् । मोर्चाले अगामी कार्तिक ५ गते चन्द्रौटामा जिल्ला भेला गर्ने निर्णय समेत गरेकाे संयाेजक प्रकाश चाैधरीले जानकारी दिए । समिति गठन तथा भेटघाट कार्यक्रममा मन्तव्य जाेड्दै थरुहट थरुवान राष्ट्रिय माेर्चाकाे केन्द्रीय संयाेजक लक्ष्मण थारुले आफ्नाे हक, हित र अधिकार प्राप्तिको लागि एक्यवद्ध हुन जरुरी रहेकाे बताए ।

वर्तमान समयसापेक्षमा राजनीतिक अस्थरिता तथा खिचातानीले देश नै अन्याेलमा परेकाे बताउँदै संरक्षणको जिम्मेवारी युवा पुस्ताले निभाउनुपर्नेमा संयाेजक थारुले जाेड दिए । उक्त कार्यक्रममा मोर्चाका केन्द्रिय संयोजक लक्ष्मण थारु, कैलाली जिल्ला संयोजक माधव थारू लगायत सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu