अनेरास्ववियु शिवराजको २५ गते नगर भेला हुँदै
चन्द्रौटा – कपिलवस्तुको शिवराजमा विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको असोज २५मा नगर भेला हुने भएको छ ।
अनेरास्ववियु शिवराज नगरपालिकाको आयोजनामा भएको भेलाले नगर कमिटीको प्रथम भेला तथा अधिवेशन गर्ने निर्ण गरेको अनेरास्ववियु केन्द्रिय सदस्य केशव खनालले बताउनु भयो ।
ब्यापार संघ कपिलवस्तुको सभाहल चन्द्रौटामा हुने भेलामा सम्पुर्ण शिवराज नगरपालिका भित्र का सम्पुर्ण विद्यार्थीहरुलाई सहभागीको लागि आयोजक कमिटीले आवहान गरेको छ ।