Connect with us
Kapilvast Forest

नेपाली कांग्रेश शिवराज नगर समितीको पहिलो बैठक सम्पन्न

२०७८, २३ आश्विन शनिबारमा प्रकाशित

नवराज पौडेल ,कपिलवस्तु – नेपाली कांग्रेश शिवराज नगर समितीको पहिलो बैठक सम्पन्न भएको छ ।कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको पार्टी कार्यालयमा बैठक सम्पन्न भएको हो ।

नगर सभापती मधुसुदन पोख्रेलको सभापितत्वमा सम्पन्न बैठकले चौधौं महाधिवेशन सफलपार्न सहयोग गर्ने सम्पुर्ण नेता तथा कार्यकर्ता हरुलाई धन्यबाद ज्ञापन गर्ने ,नेपालीहरुको महानचाड बडा दशैं शुभदिपावली छठपर्व महोम्मद डे एवंम लोसार पर्व को सम्पुर्णमा अवसरमा शुभकामना आदान प्रदान गर्ने,हरेक महिनाको अन्तिम शनिबार नियमित बैठक बस्ने नगरलाई आर्थिक रुपमा चुस्त दुरुस्त बनाउनका लागी,लेटर प्याड,सहयोग रसिद भर्पाई लगाएत छपाई सामागी्र छाप्र्ने लगाएत निर्णय गरिएको सचिव विस्नु पोख्रेलले बताउनु भएको छ ।

बैठकमा ११ वटै वडाका वडा सभापति र नगरका सम्पुर्ण सदस्यहरुको सहभागिता रहेको थियो । बैठकलाई सम्वोधन गर्दै सभापती पोख्रेलले शिवराजमा नेपाली कांग्रेस एक ढिक्का भई अव आउने चुनावमा नेपाली कांग्रेसलाई १ नम्वर पार्टी बनाउन आजै बाट लाग्न सबै सदस्यहरुलाई आग्रह गर्नु भयो । हालै सम्पन्न चुनावमा भएको सहभागिताले समेत पार्टीले जनताको मन जित्ने सकिने खालको सन्देश प्रवाह भएको नगर उपसभापती जन्जित पुरुषले विश्वास व्याक्त गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu