ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिने प्रचण्डको चेतावनी
परासी – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी दिनु भएको छ ।
आफ्नो पार्टी र आफूसँग धोका दिएका कारण ओलीलाई बालुवाटारबाट बालकोट पुर्याएको दाबी गर्दै प्रचण्डले फेरि पनि चलखेल गरे राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी दिनु भएको हो ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्न शनिबार उहाँ पुग्नु भएको थियो । उहाँले भन्नु भयो ुओलीको घमण्डका कारण गण्डकी र लुम्बिनीको सरकार गुम्यो। २र४ दिनमा बागमती र प्रदेश १ बाट पनि बाहिरिंदै छ। अब पनि चलखेल गर्न खोजे राजनीतिबाटै बाहिर गर्दिन्छु।’
हिन्दीमा भाषण गरेका प्रचण्डले मधेसी जनताको अधिकारका लागि आफू संघर्षरत रहेको बताउँदै भन्नु भयो मधेसी जनता मेरा प्रेमिका हुन्। कहिले काहीं भिलेन आएर प्रेमलाई तोड्न खोज्छन्। तर म निरन्तर तपाईंहरुकै अधिकारका लागि लडिरहेको छु।’
मधेसको प्रमुख समस्या नागरिकता रहेको बताउँदै उनले त्यो समस्या केही हप्तामै समाधान हुने आश्वासन दिनु भयो । उहाँले तराई मधेसको अर्को समस्या सुकुम्बासी र भूमिहीन समस्या रहेकाले त्यसको समाधानका लागि जिल्लातहमा आयोग गठन गरेर चुनाव अघि पूर्जा वितरण गर्ने बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कृषि र रोजगारीलाई प्राथमिकता दिएका र प्रदेश सरकारले कृषिलाई महत्व दिएर बजेट ल्याएकाले कृषिलाई प्राथमिकता दिएर कार्यक्रम ल्याउन आग्रह गर्नु भयो।छतमा हेलिकप्टर ल्याण्ड गर्न मिल्ने गरी निर्माण गरिएको गाउँपालिकाको भवनको लागत ९ करोड ३४ लाख रहेको कार्यक्रममा जानकारी दिइएको थियो।