Connect with us
Kapilvast Forest

एमालेको वडा र पालिका कमिटीको संरचना टुंगो लाग्यो ,६ गते देशभर एकसाथ वडा अधिवेशन

२०७८, २ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेको यहि ६ गते देशभर एकसाथ वडा अधिवेशन हुँदैछ । त्यस्तै ९ गते ७ सय ५३ स्थानीय तहको एकसाथ पालिका अधिवेशन हुँदैछ । वडा, पालिकालगायतका कमिटीहरुमा कस्तो संरचना बन्ने वारे नेकपा एमालेले टुंगो लगाएको छ ।

आइतबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलसहितका नेताहरुको बैठकबाट कमिटीहरुको संरचना टुंगो लगाएको हो । कमिटीहरुको टुंगो लगाएसँगै विधान महाधिवेशनबाट पारित विधानलाई प्रकाशनका लागि प्रेस पनि पठाइएको छ ।

वडा र स्थानीय तहका पदाधिकारी ५ जना हुनेछन् । जसमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुईजना उपपसचिव निर्वाचित हुनेछन् । यस्तै पुर्ण कमिटी भने ३१ जनाको हुनेछ ।

उपमहानगरपालिकाका वडाहरुमा ४१ र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी चयन हुने एमालेले जनाएको छ । त्यस्तै कात्तिक ९ गते हुने गाउँपालिका र नगरपालिका अधिवेशनबाट ५ जना पदाधिकारीसहित ७५ सदस्यीय कमिटी निर्वाचित हुनेछन् ।

उपमहानगरपालिका कमिटी ८५ सदस्यीय र महानगरपालिका कमिटी १०१ सदस्यीय हुने केन्द्रिय प्रचार तथा प्रकाशन विभाग नेकपा एमाले इन्चार्ज सुर्य थापाले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu