Connect with us

बाढीपहिरो व्यवस्थापनका लागि २५ करोड निकासा दिने सुदूरपश्चिम सरकारको निर्णय

२०७८, २ कार्तिक मंगलवारमा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले बाढी, पहिरो लगायतका विपद् व्यवस्थापनका लागि २५ करोड निकासा दिने निर्णय गरेको छ ।मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्राकृतिक प्रकोप नियन्त्रणका लागि खडा गरिएको विपद् व्यवस्थापन कोषमा २५ करोड उपलब्ध गराउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

उनका अनुसार आइतबारदेखि परेका वर्षापछि आएको बाढी तथा पहिरो प्रभावित जिल्लालाई २५ लाखका दर बजेट दिने निर्णय समेत गरिएको छ । उक्त रकम जिल्लास्थित स्थापना गरिएको विपद् व्यवस्थापन कोषमा जम्मा गर्नेछ ।

सुदूरपश्चिम प्रदेशमा आइतबारदेखि परिरहेको वर्षाले कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बझाङ लगायतका जिल्लाका विभिन्न ठाउँमा बाढी, पहिरो गएको छ भने तराइ क्षेत्र डुबानमा परेको छ ।

मंगलबार दिउँसोसम्म डोटी र डडेल्धुरामा पहिरोका कारण तीन जनाको मृत्यु भएको छ भने दुईजना घाइते छन् । कैलालीमा बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन् । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा गरेर झण्डै तीन सय घर डुबानमा परेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu