Connect with us
Kapilvast Forest

सरकार र विप्लव समूहको छलफल सकारात्मक

२०७८, २ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौं- सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच तीनबुँदे सहमति कार्यान्वयनबारे सकारात्मक छलफल भएको छ ।गृहमन्त्री बालकृष्ण खाणको पहलमा भएको छलफलमा महान्यायाधिवक्ता खम्मबहादुर खाती, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र नेकपाका पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत सहभागी भए।

 

गृह मन्त्रालयमा भएको छलफलमा विप्लव समूहका नेता कार्यकर्तामाथि लागेका मुद्दाहरूको अवस्थाबारे दुवै पक्षबाट विगतमा पेस भएको सूचीमा पछिल्लो समयसम्म भएको प्रगतिका आधारमा ‘भेरिफाइ’ गरी अन्तिम सूची तयार गर्ने’ सहमति भएको छ ।

त्यसरी तयार भएको अन्तिम सूचीका आधारमा बाँकी रहेका मुद्दाहरूलाई कसरी किनारा लगाउन भनेर अर्को बैठकमा छलफल गरिने गृहसचिव टेकनारायण पाण्डेले जानकारी दिए ।

नेकपा प्रवक्ता प्रकाण्डले पनि गृहमन्त्रीसँग भएको वार्ता सकारात्मक रूपमा अघि बढेको जानकारी दिएका छन् । उनले अघि भने, ुसरकारले गर्नु पर्ने काम धेरै छन् । हामीले गर्ने काम पनि छन् । दुवै पक्ष सकारात्मक भएकाले अर्को बैठकमा टुंगिने आशा गरौं ।’

गृहमन्त्री खाणले नेकपासँग भएको सहमति कार्यान्वयनका लागि कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, महान्यायाधिवक्ता खाती लगायतसँग छलफल गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव समूहसँग २० फागुन २०७७ मा तीनबुँदे सहमति गरेको थियो ।

सहमतिअनुसार कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहको रिहाई र मुद्दा खारेज नभएको विप्लव समूहको गुनासो छ। शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि विप्लव समूहले सबै दलका नेताहरूलार्इ भेटेर सहमति कार्यान्वयन गर्न माग गरेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu