Connect with us
Kapilvast Forest

ओलीलाई कांग्रेस प्रवक्ताको जवाफ– यो सरकार फेर्न चुनौती दिने समय हो ?

२०७८, ४ कार्तिक बिहीबारमा प्रकाशित

 

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानत असम्भव चुनौती दिएको बताउनुभएको छ ।

बुधबार दिउँसो ओलीले आफूहरुले चाहेको खण्डमा एक सातामा सरकार ढाल्न सक्ने चुनौती दिएपछि प्रवक्ता शर्माले संविधान विपरीत चुनौती दिएको बताउनुभयो ।

उहाँले देशभर अविरल वर्षाले आक्रान्त नागरिकको सेवामा जुट्ने, राजनीतिमाथि उठ्ने र सोच्ने समयमा ओलीले सरकार फेर्ने चुनौती दिएकोमा असन्तुष्टी जनाउनुभयो । अहिलेको समय चुनौती दिने नभएको भन्दै उहाँले उद्दार, राहत र पुनर्स्थापनाको अभियानमा जुट्न सबैसँग आह्वान गर्नुभयो ।

बधुबार काठमाडौंमा भएको एक कार्यक्रममा ओलीले आफूले चाहेको खण्डमा एक सातामा सरकार ढाल्दिने बताउनुभएको थियो । यद्यपि उहाँले अहिले त्यसो नगर्ने स्पष्ट पार्नुभएको थियो । गठबन्धनमा लोभीपापीहरूको संख्या धेरै भएको भन्दै उहाँले उनीहरू ‘दिए पुग्ने’ बताउनुभएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu