Connect with us
Kapilvast Forest

किसानलाई धानबालीको क्षतिपूर्ति दिन राष्ट्रपतिको आग्रह

२०७८, ४ कार्तिक बिहीबारमा प्रकाशित

bidya-bhandari-29.jpg

 

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत र क्षतिपूर्ति दिन आग्रह गर्नु भएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले नष्ट भएको धानबाली र विभिन्न भौतिक पूर्वाधारको राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वय गर्न आग्रह गर्नु भएको छ ।

‘ ‘प्रकोपबाट कृषिक्षेत्र खासगरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशको सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मक रुपमा अघि बढ्न आग्रह गर्नुभएको छ’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

यस्तै राष्ट्रपति भण्डारीले सम्‍पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था र समुदायलाई आवश्‍यक समन्वय र सहकार्यसहित पीडितहरुको उद्धार तथा राहत कार्यमा संलग्न हुन आग्रह गर्नु भएको छ । राष्ट्रपति भण्डारीले भविष्यमा आइपर्ने प्राकृतिक प्रकोपबाट जोगिन नागरिकलाई सचेत हुन आग्रह पनि गर्नु भएको छ ।

 

हेर्नुहोस् राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu