Connect with us
Kapilvast Forest

शिवराजद्धारा धानवालिमा पुगेको क्षतिको बिवरण संकलन

२०७८, ४ कार्तिक बिहीबारमा प्रकाशित

 संजीव गहतराज,कपिलवतु –अविरल वर्षाको कारण धान वालिमा पुग्न गएको क्षतिको विवरण संकलन गरि बुझाउनका लागि शिवराज नगरपालिकाले सुचना सार्वजनिक गरेको छ ।

नगरले हालै किसानहरूलाई सम्बोधन गर्ने कार्य केही नभएको तर क्षतिको बिवरण संकलन गरी एकिन गर्नका लागि सुचना जारी गरिएको शिवराज नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताउनु भएको छ। केन्द्र सरकार र प्रदेश सरकारले किसानहरूका लागि राहात प्योज दिनेभएमा तथ्याङक एकिन गर्नका लागि विवरण संकलन गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृतअर्यालले जानकारी दिनुभएको छ ।

कृषकहरूले धान काटेर उठाउन नपाउदै गत असोज ३१ गते देखि अबिर वर्षा भए पछि काटेको धान खेतमै डुबेको छ । खेतमै डुबेको धान देखेर कृषकहरूको निद हराएको बेला शिवराज नगरपालिकाले धान बालिमा क्षति पुगेको विवरण संकलन गर्नु कृषकहरूले राहत महशुष गरेका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj