Connect with us
Kapilvast Forest

एमसीसी पास हुन्छ : प्रम देउवा

२०७८, ५ कार्तिक शुक्रबारमा प्रकाशित

 

धनगढी-प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेकै प्रतिनिधि सभाबाट अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी ) पास हुने बताउनुभएको छ ।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले एमसीसी पास हुने बताउनु भएको हो ।

सुदूरपश्चिमका डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा वाढी÷पहिरोले पारेको क्षति बुझेर धनगढी पुग्नु भएका प्रधानमन्त्री देउवाले बाढी÷पहिरो पीडितलाई तत्कालीन र दीर्घकालीन प्याकेज मार्फत राहत दिने दोहोर्याउनुभयो ।

उहाँले बेमौसमी वर्षातले सुदूरपश्चिमको अवस्था भयावह भएकोले दुःखी भएको पनि बताउनुभयो । फरक प्रसंगमा उहाँले सुदूरपश्चिम प्रदेश लगायतका सरकार परिवर्तनका विषयमा गठवन्धनले आवश्यक निर्णय गर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले काँग्रेसको महाधिवेशन सम्वन्धी काम निर्वाचन समितिले निर्णय गरे बमोजिम हुने बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu