Connect with us
Kapilvast Forest

एमाले अधिवेशन : ओलीले एकसाथ ७५३ वटै पालिकालाई सम्बोधन गर्ने

२०७८, ५ कार्तिक शुक्रबारमा प्रकाशित

काठमाडौं-नेकपा एमालेको १० औँ महाधिवेशन अन्तर्गत ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन हुँदैछ । यसका लागि एमाले केन्द्रीय कार्यालयले पालिकामा ८ बुँदे पत्राचार गरेको छ । जसमा अधिवेशन गर्न सहजीकरण गर्नेदेखि अध्यक्ष केपी शर्मा ओलीले एकसाथ पालिकालाई सम्बोधन गर्ने उल्लेख छ ।

 

विशेष परिपत्र भनिएको पत्रको आठौँ बुँदामा नेट सुविधा भएका वडाहरूको अध्यक्ष ओलीले उद्घाटन गर्ने र पालिका अधिवेशनहरूको ७५३ वटै पालिकाको एकसाथ ओलीले सम्बोधन गर्ने उल्लेख छ ।

‘वडा अधिवेशनको माध्यमबाट नेट सुविधा भएका वडाहरूको केन्द्रीय अध्यक्षद्वारा उद्घाटन र सम्बोधन गरिनेछ र पालिका अधिवेशनहरूको ७५३ वटै पालिकाको एकसाथ पार्टीका अध्यक्ष ओलीद्वारा एकसाथ सम्बोधन गरिने व्यवस्था गरिनेछ । यस कार्यको लागि लिंक ५ गते पठाइनेछ । यसको लागि सम्भव भए स्क्रिनको व्यवस्थापन गर्ने र यदि सम्भव नभए मोबाइलबाट लिंक जोडेर लाउड स्पिकरमा अधिवेशन परिसरमा अध्यक्षको सम्बोधनलाई जोड्नुपर्नेछ’, परिपत्रको आठौँ बुँदामा लेखिएको छ ।

केन्द्रीय पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले गरेको पत्राचारमा स्थानीय कमिटीहरूको अधिवेशन वडा तहको अधिवेशन ६ कात्तिक र पालिका अधिवेशन ९ कात्तिकमा एकैदिन सम्पन्न गर्नुपर्ने पार्टीको निर्णयलाई स्मरण गराएको छ ।

यस्तो छ विशेष परिपत्र

१।अधिवेशनहरू संचालन गर्न जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई पालिका र वडामा अधिवेशनको सहजीकरणको लागि जिम्मेवारी तोक्ने

२।अधिवेशनहरू गर्दा भव्यतापूर्वक सकेसम्म जनसहभागितामा गर्ने

३।वडा अधिवेशनहरू गर्दा झण्डा ब्यानरलाई व्यापक रूपमा प्रयोग गर्ने

४।वडा तथा पालिकाको अधिवेशनको संख्या निर्धारण गर्दा संविधान जारी भएपछि र राज्य पुनसंरचना भएपछि अधिवेशन आयोजना गरिएको हुनाले यी अधिवेशनहरूलाई प्रथम अधिवेशन मानेर गर्ने

५। नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मत विधि अपनाउने र यदी सर्वसम्मत नभएमात्र निर्वाचन विधि अपनाउने । निर्वाचनको लागि पार्टी केन्द्रीय निर्वाचन आयोगले तयार पारेको वडा÷शाखा र पालिका÷इलाका निर्वाचनसम्बन्धी सामन्य मार्गदर्शन, २०७८ यसैसाथ जारी गरिएको छ

६।वडा अधिवेशन सम्पन्न हुनासाथ पदाधिकारीसहित कमिटीको फोन नं। र इमेलसहित नामावली अद्यावधिक विवरण अविलम्ब जिल्ला, प्रदेश र केन्द्रीय कार्यालयमा उपलब्ध गराउने

७।अधिवेशन उद्घाटन र अधिवेशन समापन भएपछि सञ्चार माध्यम, सामाजिक सञ्जालबाट प्रचार गर्ने

८।वडा अधिवेशनको भर्चुअल माध्यमबाट नेट सुविधा भएका वडाहरूको केन्द्रीय अध्यक्षद्वारा उद्घाटन र सम्बोधन गरिनेछ र पालिका अधिवेशनहरूको ७५३ वटै पालिकाको एकसाथ पार्टीका अध्यक्ष केपी शर्मा ओलीद्वारा एकसाथ सम्बोधन गरिने व्यवस्था गरिनेछ ।

यस कार्यको लागि लिंक ५ गते पठाइनेछ । यसको लागि सम्भव भए स्क्रिनको व्यवस्थापन गर्ने र यदी सम्भव नभए मोबाइलबाट लिंक जोडेर लाउड स्पिकरमा अधिवेशन परिसरमा अध्यक्षको सम्बोधनलाई जोड्नुपर्नेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu