लैंगिक हिंसा निवारणको लागि शिवराजमा निगरानी समिति गठन
कपिलवस्तु-किर्डाक नेपालले लैंगिक हिंसा निवारणको लागि शिवराजमा निगरानी समिति गठन गरेको छ । नगर भित्र महिलहरु प्रतिहुने हरेक किसिमका हिंसाहरुलाई निवारणको लागि समिति गठन भएको हो ।
महिलाविरुद्ध हुने हिंसाका घटना न्यूनीकरण गरी हिंसामुक्त समाजको निर्माण गर्न शिवराज ५मा आज शान्ता सेको संयोजकत्वमा ११ सदस्यिय निगरानी समिति गठन गरीएको किर्डाक नेपालका कपिलवस्तु जिल्ला संयोजक कृष्ण रावले जानकारी दिनु भयो । आज गठित निगरानि समितिले प्रस्तावित ४ वटा निर्णय समेत गरेको छ ।
निगरानि समतिले लैङ्गिक हिंसा निवारणको लागि शिवराज नगरपालिका वडा नम्वर ५ भित्र विभिन्न कार्यक्रम गर्ने,विभिन्न घटनाको विवरण संकलन गर्दै न्युनिकरण्का लागि जानकारी दिदैं अभियान चलाउने, वडास्तरीय लैंगिक हिंसा निवारणका लागि निगरानी समितिले वर्षभरी गरेका कृयाकलापको योजना बनाउने लगायतका महत्वपुर्ण निर्णय गरेको छ । शिवराज नगरपालिका वडा नम्वर ५को समन्वय र किर्डाक नेपाल तथा इष्ट्रोमो फाउण्डेशनको आर्थिक सहयोगमा निगरानी समिति गठन भएको हो ।