Connect with us
Kapilvast Forest

शिवराजमा नेतृत्व विकास सम्बन्धि क्षमता अभिवृद्धि तालिम

२०७८, ७ कार्तिक आईतवारमा प्रकाशित

 सीता बेल्बासे ,कपिलवस्तु-टोल विकास संस्था व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । शिवराज नगपालिका वडा न ५ को समन्वय किर्डाक नेपालको आयोजना स्टोम फान्उडेसनको सहयोगमा २ दिन सम्म संचालन हुने टोल विकास संस्था व्यवस्थापन तथा नेतृत्व विकास तालिममा आइतबार बाट शिवराज ५मा सुरु भएको हो ।

नेतृत्व विकास तालिममा सहभातिता जनाउदै शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले नगरले पनि टोल बिकास संस्था गठन गर्न प्रकिया चालेको बताउदै अब सबै टोलबिकास संस्थालाइ सुचिकृत गराउने प्रयास गर्न बताउनु भयो । टोल विकास संस्थाले समाजमा भएका काम कर्तव्य आफनो जिम्बारी अनुसार काम गदै जाने हो भने मात्र समाज परिर्वतन हुने बताउनु भयो ।

किर्डाक नेपाल संस्थाले क्षमता बिकास नेतृत्व विकास आत्मा निर्भर बनाउने खालका सिप मुलक काम गराउदै यस समुदायका मानिसलाइ विषेश गरी किसोर किसोरीको लागि काम गदै आएको बताउनु भयो ।

देश बिकास अगाडि ल्याउनको लागि टोल सामजमा भएका गतिबिधि के कस्तो छ भन्ने बारेमा चनाखो भएर समाज अगाडि ल्याउन तेस समाजको नागरीलै लाग्नु पर्न भएकाले टोल बिकास संस्थाले समाजमा भएका बिभिन्न सवालहरु सबैले बुझने गरी अगाडि ल्याउनु पर्न वडा न.२का वडाअध्यक्ष राम बहादुर चौधरी बताउनु भयो ।

किर्डाक नेपाल संस्थाका कार्यक्रम अधिकृत सिरी बहादुर भन्डारीले तालिकको बारेमा प्रकास पादै टोल बिकास संस्थाको भुमिका व्यबस्थापन योजना तर्जुमा कसरी गर्न आफनो टोलको निर्माणमा संस्थाले गरेको भुमिका स्थानिय स्तरमा आवश्यक अनुसारका बिभिन्न सवाल पहिचान गरी के कस्ता ज्ञान सिप आबश्यकता छ तेसको जानकारी कसरी बाहिर ल्याउन सकिन्छ । जस्ता सवालमा रहेर छलफल हुने बताउनु भयो ।

टोल विकास संस्था व्यवस्थापन तथा नेतृत्व विकास तालिममा शिवराज ५ र ११ का बिभन्न टोल सुनौलो ,बुद्धनगर,र मैटवा टोलबिकास संस्थाका गरी २६ जनाको सहभागिता रहेको किर्डाक नेपाल मनोसामाजिक सहजकर्ता सोन बहादुर राना मगरले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu