Connect with us
Kapilvast Forest

कपिलवस्तुमा पनि मनाईयो करवा चौथ

२०७८, ७ कार्तिक आईतवारमा प्रकाशित

कपिलवस्तु-पतिको लामो आयुको कामना गर्दे मधेसी समुदायका महिलाहरुले आईतावार करवा चौथ हर्षोल्लासका साथ मनाएका छन् । बुधवार दिनभरी निर्जल तथा निराहार ब्रत बसी भगवनसंग आफ्नो श्रीमानको लामो आयु तथा सुख संबृद्धिको कामना गरी सो पर्व उनीहरुले मनाएका हुन ।कार्तिक कृष्णपक्ष चतुर्थीका दिन यो पर्व हरेक बर्ष तराईका महिलाहरुले धुमधमसंग रमाइृलो गरी गरी मनाउने गर्दछन् ।

यस अवसरमा महिलाहरु राति चन्द्रमा नदेखिउन्जेल ब्रत बस्ने गर्दछन् । राति चन्द्रमाको बिशेष पूजाअर्चना गरी चाल्नोले आफनो श्रीमानको मुख हेर्नै चलन रेहेको कपिलवस्तु नगरपालिका – १ की रेनु श्रीवास्तवले बताईन । चन्द्रमाको पूजा पछि श्रीमानलाई आफनै हातले पानी खुवाएर महिलाहरुले ब्रत तोडने गर्दछन् । यस दिन ब्रत बस्नाले पारिवारिक सुख प्राप्त हु्नुको साथै भगवानले रक्षा गर्ने बिश्वास रही आएको छ । पर्वका दिन घरमा नयाँ उत्पादन भएको धानु कुटी बनाईएको बिभिन्न परिकार, मिठाई लगायतका परिकारहरु बनाई खाने चलन रही आएको छ । पूजाको प्रसाद छर छिमेक तथा ईष्टमित्रलाई बाडेने समेत गरिन्छ । यो पर्व भारतमा निकै रमाईलो गरी मनाईन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu