प्रधानन्याधीशको फुल कोर्टमा बहुसंख्यक न्यायाधीश सहभागी नहुने
काठमाडौं- प्रधानन्यायाधीश चेलेन्द्रशम्शेर जबराले सोमबारका लागि बोलाएको फुलकोर्टमा सर्वोच्चका बहुसंख्यक न्यायाधीश सहभागी नहुनुहुने भएको छ ।आइतबार प्रधानन्यायाधीश राणा र बार एशोसिएसनका पदाधिकारीबीच बैठक बसेको थियो । जबरासँगको बैठकपछि अनौपचारिक रुपमा बसेको न्यायाधीशहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
जबराले आइबार नेपाल बार एशोसिएसनका पदाधिकारीहरूसँगको बैठकमा सोमबार फुलकोर्ट बैठक बोलाउने निर्णय गर्नु भएको थियो । बैठकमा जबराले आफूमाथि उठेका प्रश्न र अदालतबारे छलफल गर्ने भन्नु भएको थियो ।
छलफलमा दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई, नहकुल सुवेदीलगायत न्यायाधीश सहभागी हुनुन्थ्यो ।आइतबार विहान प्रधानन्यायाधीश राणा र बार एशोसिएसनका पदाधिकारीबीच छलफल भएको थियो । छलफलको निष्कर्षबमोजिम प्रधानन्यायाधीश राणाले सोमबारका लागि बार एशोसिएसनसहितको फुल कोर्ट बोलाउनु भएको हो ।
नेपाल बार एसोसिएसनले सोमबार बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मन्त्रिपरिषदमा भाग खोजेको विषयमा उत्पन्न विवादमा केन्द्रित भई फुल कोर्ट बैठकमा छलफल नहुने जनाएको छ ।