Connect with us
Kapilvast Forest

विजयनगरमा प्रस्तावित विश्व विद्यालय स्थापना सम्बन्धि अन्तरक्रिया

२०७८, ८ कार्तिक सोमबारमा प्रकाशित

कपिलवस्तु – कपिलवस्तुको विजयनगरमा प्रस्तावित विश्व विद्यालय स्थापना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षाविद् डा विद्यानाथ कोइरालाले नेपालमा परम्परागत ३ वटा शिक्षा रहेकोे जस अन्तरगत गुरुकुल र गुम्बा शिक्षा प्रदेश न. ५ मै रहेकोे छ भने मदरसा शिक्षा को हकमा विजयनगरले चिन्तन गरेको धन्यवाद दिदै विश्व विद्यालय स्थापनाले लुम्बिनीको निम्ति गौरव साथै नयाँपन रहेको बताउनु भएको छ ।

शिक्षक प्रबिधि संग जानकार हुनुपर्ने आवश्यक रहेकोे बताउदै अबको शिक्षा गरि खाने सीप, खोजी गर्ने बानी र सम्बाद गर्ने क्षमता हुनुपर्ने बताउनु भएको छ । आफ्नो भनाइ राख्दै शिवराज नगरपालिकाका प्रमुख नेत्र राज अधिकारीले बिश्व विद्यालय स्थापनाको लागि पहल गर्ने सम्पूर्ण टिमलाई धन्यबाद दिदै शैक्षिक क्षेत्रसंग प्रत्यक्ष रुपमा जोडीएकोले यस कार्यमा पालिकावाट सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।

कार्यक्रमका अध्यक्ष गोपाल बहादुर थापाले बिश्व विद्यालय स्थापनाको निम्ति पालिकावाट गर्ने कार्य नियमित रुपमा गर्दै आएको बताउदै अगामि दिनमा थुप्रै कार्य गर्नुपर्ने रहेकाले सबैलाई सहयोग गर्नअनुरोध गर्नु भएको छ ।

कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी अब्दुल रउफ खाँ, सफर अली मियाँ, अकरम पठान, डा. जहिरुल हसन खाँ, कृष्ण भन्डारी लगायत अधिकान्स बोल्ने वक्ताहरुले विजयनगरमा बिश्व विद्यालय स्थापना हुनु यस क्षेत्रको शैक्षिक जगतमा परिवर्तन हुने बताएका छन् ।

कार्यक्रममा जनप्रतिनिधि , विभिन्न पार्टी प्रतिनिधि,विद्यालय व्यवस्थापन समिति महासंघ प्रतिनिधि, प्रधानाध्यापक शिक्षाप्रेमी, बुद्धिजीवी समाजसेवी ,पत्रकारहरु सहभागी रहेकोे थियोे भने कार्यक्रमको स्वगत मन्तव्य लक्ष्मी कुमारी चौधरीले गर्नु भएको थियो भने हरिहर बेल्वासेको संचालन सम्पन्न भएको थियोे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu