सर्वोच्चका न्यायाधीशहरु छलफलमा जुटे
काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले बोलाएको पूर्ण बैठक (फुलकोर्ट) बहिस्कार गर्ने निर्णय गरेका सर्वोच्च अदालतमा न्यायाधीशहरुको भेला शुरु भएको छ ।
प्रधानन्यायाधीश जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँगको सहमतिमा आज फुलकोर्ट बोलाउनु भएको थियो । यद्यपि फुलकोर्ट बस्नेरनबस्ने अन्योल छ । आज इजलास बस्ने सम्भावना पनि देखिएको छैन ।प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भागबण्डा खोजेको विषय उठेपछि उहाँ दबाबमा पर्नु भएको थियो ।